Logo

बिजनेस होम

२५औँ वर्षमा मनकामना केवलकार: ४८ करोड लागतमा सुविधा सम्पन्न होटल निर्माण गर्ने तयारी


GDP नेपाल
   ८ मंसिर २०७९, बिहिबार


नेपालकै पहिलो मनकामना केवलकार सञ्चालन भएको २४ औं वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसीर ८ गतेदेखि मनकामना केवलकार नियमित रुपमा सञ्चालनमा आएको थियो । सो समयदेखि हालसम्म करिब एक करोड ७० लाख यात्रु तथा भक्तजनहरूले स्तरीय केबुलकार सेवाको सुविधा लिइसकेका छन् ।

केबुलकारको नियमित सञ्चालनपश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरू एक प्रमुख पर्यटकीय गन्तब्यका रूपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवसायहरूमा उल्लेख्य वृद्धि भई समुन्नत विकास भई विश्वसामु मनकामनाको प्रचार प्रसार भएको कम्पनीको जिकिर छ ।

संस्थापक स्व. लक्ष्मण बावु श्रेष्ठको सोच अनुरूप केबुलकारले आफ्नो व्यवसाय आम्दानीको केही हिस्सा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विभिन्न सामाजिक, धार्मिक, शिक्षा जस्ता आदि कार्यमा सहयोग पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा संस्थापक स्व. श्रेष्ठप्रति श्रद्धाञ्जली अपर्ण गर्दै उनको मार्ग निर्देशन बमोजिम भविष्यमा पनि सामाजिक उत्तरदायित्वमा सधैँ लगानी गर्ने जानकारी दिएको छ ।

कम्पनीले बिगत लामो समयदेखि केबुलकार अवस्थित चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको १/१ प्रतिशत रकम व्यवसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्धारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएका छौँ । साथै भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य बिपत्तिका समयमा राहत बितरण तथा सहयोग गर्दै आएको कम्पनीले जनाएको छ ।

मनकामना केबुलकार विद्यमान एनालग प्रविधिबाट Doppelmayr  को डि–कनेक्ट डिजिटल प्रविधिमा स्तरोन्नति गर्ने क्रममा प्रथम चरणको कार्य सम्पन्न भइसकेको छ । २५ औँ वार्षिक उत्सवको अवसरमा पूर्ण रूपले डिजिटल प्रणालीमा रूपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार प्रणाली भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, वार्षिकोत्सवको अवसरमा यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रा. लि.ले मनकामनामा ४० कोठायुक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गर्ने भएको छ । यसको लागत करिब ४८ करोड रुपैयाँ अनुमान गरिएको छ । २४ औँ बार्षिकोत्सवको अवसरमा कम्पनीले सहयोग, सद्भाव दिने सम्पूर्णमा आभार प्रकट गरेको छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह