Logo

Banner-news

ब्याजदर नियन्त्रण नगरे ८% आर्थिक वृद्धि र ५ लाख रोजगारी असम्भवः महासंघ


appharu
   २० मंसिर २०७५, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुको ब्याजदर वृद्धिले मुलुकको समग्र अर्थतन्त्र नै संकटमा पर्ने धारणा व्यक्त गरेको छ । महासंघले चुलिँदो ब्याजदरलाई तत्काल सीमाभित्र नल्याए अर्थतन्त्र नै दुर्घटनामा पर्नसक्ने जनाएको छ ।

महासंघद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ– विगत दुई वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरुबाट एक तर्फिरुपमा ऋणको ब्याजदर अचानक वृद्धि भएको कारणले गर्दा उद्योग व्यवसाय क्षेत्रले कठिनाइ भोगिरहेको छ । जसका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणधिन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नया“ परियोजना ल्याउन नसकिरहेको अवस्था छ ।

महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकि¨ क्षेत्रका जिम्मबार पदाधिकारीहरु लाई औपचारिक एवं अनौपचारिक रुपमा नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्घी क्षमता ह्रास हुन गएकोले उद्योग व्यवसाय क्षेत्रमा नकारत्मक प्रभाव परी उद्योग क्षेत्रमा लगानी समेत निरुत्साहित हुन गएको जानकारी गराउ“दै आएको स्मरणसमेत गराएको छ ।

बढ्दो ब्याज दरले लगानी संकुचित भई सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप ५ लाख रोजगारी बृद्धिको लक्ष्य हासिल हुन कठिन हुने देखिएको महासंघको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ– हालै फेरी बैंकको ब्याजदर बृद्धि हुने क्रम सुरु भएको र अव्यवहारिक ढंगबाट एकतर्फि रुपमा ब्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्र प्रभावित हुने भएकोले अस्वाभाविक तरिकाले भइरहेको ब्याजदर बृद्धिलाई निश्चित सिमा भित्र रहने वातावरण कायम गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई महासंघ हार्दिक अनुरोध गर्दछ ।

प्रकाशित : २० मंसिर २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह