Logo

Banner-news

वैदेशिक रोजगारः अन्तर्राष्ट्रिय मञ्चमा शून्य लागतको लबिङ गर्दै नेपाल


appharu
   २१ मंसिर २०७५, शुक्रबार


काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय स्तरमै शून्य लागतको वैदेशिक रोजगारीका लागि लबिङ गर्ने भएको छ । श्रमसम्बन्धी सबै अन्तर्राष्ट्रिय मञ्चमा शून्य लागतको एजेण्डा उठाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए ।

मोरक्कोमा आयोजना भएकोसुरक्षित, व्यवस्थित तथा नियमित आप्रवासनसम्बन्धी विश्वव्यापी सम्झौता (जीसीएम) मा नेपालले वैदेशिक रोजगारीमा शून्य लागत कार्यान्वयन गर्ने विषयलाई प्रमुखतासाथ उठाउने भएको छ । सम्मेलनमा श्रम, मन्त्री विष्टले नेपाल जीसीएमको पक्ष राष्ट्र भएकाले शून्य लागतको पक्षमा लबिङ गर्ने जानकारी दिए ।

मोरक्कोमा जीसीएमसहित जीएसएमपी (ग्लोबल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट) सम्मेलनसमेत हुने छ । जीएसएमपी भने आप्रवासन र प्रवासनसम्बन्धी नीति बनाउने सम्बन्धमा स्थापना गरिएको साझा फोरम हो ।

सबैका लागि उपयोगी आप्रवासन, सहकार्य आप्रवासन, दिगो विकास र अन्तर्राष्ट्रिय सामुहिक प्रतिवद्धतासहित नेपालसहित १९३ राष्ट्रको सहभागिता हुने सो भेलामा नेपालले शून्य लागत र सुरक्षित, व्यवस्थित तथा नियमित आप्रवासनका विषयमा कुरा उठाउने मन्त्री विष्टले बताए ।

बैठकमा नेपालले नियमित आप्रवासनका मार्गहरु उपलब्ध गराउने सम्बन्धमा छलफल गर्ने र कार्यान्वयन पक्षमा राय माग गर्ने छ ।

प्रकाशित : २१ मंसिर २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह