सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।
बैँकका सेयरधनी तुलसी प्रसाद पोखरेलको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १५३ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज बिहीबार (मंसिर २२ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया