Logo

बिजनेस होम

टेक्सटाइल मेला ‘इन्टेक्स इन्डिया’मा नेपाली व्यवसायी


GDP Nepal
   २२ मंसिर २०७९, बिहिबार


काठमाडौं । दक्षिण एसियाकै सबैभन्दा ठूलो टेक्सटाइल मेलामा नेपाली व्यवसायीहरु पनि सहभागी भएका छन् ।

नयाँ दिल्लीस्थित प्रगति मैदानमा सुरु भएको ‘दशौं इन्टेक्स इन्डिया’मा नेपाल तयारी पोशाक उद्योग संघ आवद्ध व्यवसायीहरु सहभागी भएका हुन् ।

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहित व्यवसायीहरु भुपेन्द्रकुमार बस्नेत, भीमकुमार गिरी, वसन्तराज अधिकारी, सञ्जयकुमार अग्रवाल, थोमनाथ बस्याल, सचिन्द्र प्रधानांग, सतिश गिरी, रोहित सेठि, यज्ञ पोख्रेल र शिवप्रसाद भट्ट सहभागी रहेका छन् ।

१०औं इन्टेक्स इन्डिया शोमा १८ भन्दा बढी देशहरू र भारतका विभिन्न राज्यका भारतीय तथा विदेशी प्रदर्शकहरू र खरिदकर्ताहरू सहभागी भएका छन् ।

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह