Logo

Banner-news

साढे ८ अर्बको निकासी व्यापार बालबाल जोगियो, टर्कीमा नेपाली धागो निर्वाध जाने !


appharu
   ८ पुस २०७५, आइतबार


काठमाडौं । मुलुकको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने धागोको मुख्य बजार टर्कीमा नेपाली धागो निकासी रोकिनबाट बालबाल बचेको छ । नेपाली अधिकारीहरुको सकारात्मक पहलका कारण नेपाली उद्योग बन्द हुनबाट जोगिएका छन् ।

टर्की सरकारले नेपालमा उत्पादित धागो आयातमा कुनै प्रतिबन्ध नलगाउने भएको छ । नेपाली धागो उद्योगको प्रमुख बजार टर्कीले धागोजन्य वस्तु आयातमा रोक लगाउन खोजे पनि नेपाली पक्षको प्रयाशले अन्ततः निर्वाध ढंगले निर्यात हुने भएको हो ।

यसअघि नेपालबाट टर्की निर्यात हुने धागोको गुणस्तरमा प्रश्न उठाउँदै उसले आयातमा अबरोध गर्ने वा बन्देज लगाउने सम्भावना बढेको थियो । सो दुर्घटना हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव रविशंकर सैंजुसहितको एक टोली गत चैतमा टर्कीको अंकरा पुगी त्यहाँको अर्थ मन्त्रालयसमक्ष निकासीमा सहजीकरण गर्ने विषयमा छलफल गरेको थियो ।


त्यसपछि टर्किश प्रतिनिधिमण्डल नेपाल आएर नेपालका धागो उद्योगहरूको निरीक्षण भ्रमण गरेको हो । सो भ्रमणपछि उक्त प्रतिनिधिमण्डलले नेपाली धागो उत्पादनमा गुणस्तरको समस्या नभएको अध्ययन प्रतिवेदन टर्किश सरकारलाई बुझाएपछि टर्की सरकारले आफ्नो निर्णयमा पुनरावलोकन गरेको हो ।

टर्कीले नेपाली धागो आयातमा कुनै पनि प्रकारको बन्देज नलगाउने सूचना परराष्ट्र मन्त्रालयमार्फत हालै सरकारलाई पठाएको छ । सो निर्णयको नेपाल धागो उत्पादक संघले स्वागत गरेको छ ।

संघका अध्यक्ष पवन गोल्यानले उक्त निर्णयले नेपाली धागो उत्पादन र निकासीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । धागो निर्यातमा निरन्तरता दिलाउन वार्ता र संवादमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेका उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरे लगायत उच्च सरकारी अधिकारीहरूको पहल महत्वपूर्ण भएको उनले बताएका छन् ।

हाल नेपालमा रिलायन्स स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्सलगायतका ठूला उद्योग सञ्चालनमा छन् । यी मिल्सबाट उत्पादित ८० प्रतिशत उत्पादन टर्की निर्यात हुने गरेको छ भने बाँकी स्वदेशी कपडा उद्योगले खपत गर्दछन् ।

टर्कीमा गत आर्थिक वर्ष ८ अर्ब ४२ करोड १३ लाख रुपैयाँ बराबरको धागो निर्यात भएको छ । अघिल्लो वर्ष (२०७३/७४) मा पनि ६ अर्ब ९३ करोड ११ लाख रुपैयाँको धागो निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गता वर्ष २१.५ प्रतिशत धागो निर्यात बढेर नेपालको निर्यात उद्योगलाई ठूलो टेवा पु¥याएको छ । कुल ८१ अर्ब रुपैयाँको धागो निर्यात हुँदा ८ अर्ब रुपैयाँको धागो मात्रै निर्यात हुनुले व्यापारघाटा न्युनीकरणमा ठूलो टेवा पु¥याएको छ । कुल निर्यातमा १०.३५ प्रतिशत योगदान रहको धागो वस्तुगत आधारमा सबैभन्दा धेरै निकासीसमेत भएको थियो ।

प्रकाशित : ८ पुस २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह