Logo

अर्थनीति

प्रतिव्यक्ति आय २१ सय डलर पुर्याउने कर्णालीको योजना, सम्भव छ ?


appharu
   ८ पुस २०७५, आइतबार


काठमाडौं । कर्णाली प्रदेशमा अहिले प्रतिव्यक्ति आय ८ सय डलरमात्रै छ । सिंगो मुलुकको औसत प्रतिव्यक्ति आय १००५ डलर रहेका बेला औषतभन्दा २ सय डलर कम रहेको कर्णाली प्रदेशले आश्चार्यजनक घोषणा गरेको छ– प्रतिव्यक्ति आय २१ सय डलर पु¥याउने ।

संघीय सरकारले ५ वर्षमा दोब्बर अर्थात २ हजार १० डलर आय पु¥याउने घोषणा गरिरहेका बेला प्रदेश सरकारले त्यसभन्दा पनि एक कदम अघि बढेर यस्तो घोषणा गरेको हो ।

कर्णालीको प्रदेश योजना आयोग सदस्य डा. दीपेन्द्र रोकायाका अनुसार प्रतिव्यक्ति आम्दानी बढाउन सकिने खालका योजनाहरू बनाउने तयारी भइरहेको छ । त्यसका लागि सबै क्षेत्रको सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए ।

तर, सम्भाव्यता पहिचान नै नगरी बिनायोजना यस्तो घोषणा गरिएकाले कर्णालीका जनताले भने पत्याउन सकेका छ्र्रनन् । कर्णालीमा कोही व्यक्ति बेरोजगार नहुन् भन्नका लागि कार्यक्रम ल्याइने भनिए पनि त्यसको प्रारम्भिक खाकासमेत तयार भएको छैन ।

प्रकाशित : ८ पुस २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह