Logo

बिजनेस होम

दक्षिण एसियाका शीर्ष १० सीईओहरूको सूचीमा नेपालका सञ्जय अग्रवाल


GDP नेपाल
   २७ पुस २०७९, बुधबार


रमेश कोर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल ‘दक्षिण एसियाका उत्कृष्ट १० सीईओहरूको सूचीमा छनौट भएका छन् ।

मोबाइल फोन आयात कर्ता संघ र नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका उपाध्यक्ष समेत रहेका अग्रवाललाई ‘सीइओ इन्साइट्स एसिया’ म्याग्जीनले दक्षिण एसियाकै उत्कृष्ट सीईओहरूको सूचीमा छनौट गरेको हो ।

युवा उद्यमीका रुपमा परिचित अग्रवालले नेपालमा कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओन, शाओमी लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनले नेपालको कर्पोरेट क्षेत्रमा खेलेको असाधारण नेतृत्वदायी भूमिका र मोबाइल तथा प्रविधि क्षेत्रमा दिएको उल्लेखनीय योगदानलाई मध्यनजर गर्दै सीइओ इन्साइट्स एसियाले अग्रवाललाई सो सम्मान प्रदान गरेको हो ।

सीइओ इन्साइट्स एसियाले हरेक वर्ष दक्षिण एसियाका उच्च श्रेणीका १० सीईओहरूको सूची सार्वजनिक गर्ने गरेको छ । यस वर्षको सूचीमा नेपालबाट अग्रवालसहित आशिष शर्मा, अभिषेक घिमिरे र सूदीप आचार्य छनौट भएका हुन् ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह