Logo

बिजनेस होम

अयोध्यामा रामको मूर्ति बनाउन कालीगण्डकीको ढुंगा लगिँदै, कांग्रेस नेता निधिले गरे क्षमापूजा !


GDP Nepal
   १ माघ २०७९, आइतबार


काठमाडौं । भारतको अयोध्यामा बनाउन लागिएको भगवान रामको मूर्तिका लागि नेपालको कालीगण्डकी नदीबाट शिला (ढुंगा) लगिने भएको छ । म्याग्दीको बेनीदेखि उत्तर गलेश्वरधाम क्षेत्रमा रहेको उक्त शिलाको आइतबार क्षमापूजा सम्पन्न गरिएको छ ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलगायतले अयोध्या लैजान लागिएको शिलाको क्षमापूजा गरेका छन् ।

अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै नेपालको सांस्कृतिक उदारता एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।

मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज्ने काम सुरु भएको थियो । गत साउन अन्तिम साता पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता निधि स्वयम् अयोध्याधाम पुगेर यसको पहल थालेका थिए ।

तस्बिरहरुः पत्रकार रामजी दाहालको फेसबुकबाट

प्रकाशित : १ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह