प्राइम कमर्सियल बैंक लिमिटेडको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् ।
बैंकको पुस २९ गते बसेको बैंक संचालक समितिको बैठकले श्रेष्ठलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।
यसअघि पुष २८ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट श्रेष्ठसहित उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्यलाई नियुक्त गरेको हो । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेललाई संचालकमा चयन गरेको थियो ।
प्रतिक्रिया