Logo

बिजनेस होम

‘बालेनका दाहिने हात’ राजु पाण्डेलाई कार्यकारी प्रमुख गुरागाइँले गरे ६ महिनाका लागि निलम्बन


gdpnepal
   २१ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

महानगर स्रोतका अनुसार उनलाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।

आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको लगायतका विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि महानगर प्रहरी ऐनअनुसार उनलाई निलम्बन गरिएको हो ।

मेयर बालेन शाह निकट रहेका पाण्डेको निलम्बनले महानगरभित्र बालेनमाथि थप दबाब सिर्जना भएको छ ।

 

प्रकाशित : २१ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह