काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३५.७३ अंकले घटेर दुई हजार ६५८.९३ विन्दुमा पुगेको छ ।
बैंकिङ ३३, विकास बैंक ६४, फाइनान्स २०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ३३, जीवन बीमा ९८, उत्पादन ०.९२, माइक्रोफाइनान्स ६१, व्यापार ५९, निर्जीवन बीमा ८५ र अन्य उपसमूह २३ अंकले घटेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ४.३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज प्योर इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१५ कम्पनीको एक करोड ५५ लाख कित्ता सेयर ६ अर्ब ६७ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया