Logo

मुख्य समाचार

राजाबादीमा भाँडभैलो: नवराज सुवेदीले घोषणा गरेको उपत्यका बन्द राप्रपाले नमान्ने


gdpnepal
   २० जेष्ठ २०८२, सोमबार


काठमाडौं । कमल थापा पक्राउ परेपछि नवराज सुवेदी नेतृत्वको सयुक्त जनआन्दोलन समितिले सोमबार उपत्यका बन्द घोषणा गरेको छ । 

तर, राजावादी आन्दोलनको मुख्य घटक राप्रपाले भने यसको विरोध गरेको छ ।

कमल थापा रिहा भएसँगै बन्दको उपादेयता सकिएको छ तर आधिकारिक रूपमा बन्द फिर्ता भएको छैन ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी बन्द हडतालको विरुद्धमा रहेको भन्दै उपत्यका बन्दमा आफूहरुको सहभागिता नरहने स्पष्ट पारेका छन् ।

”सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ,” उनले आइतबार भनेका छन्, ”पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु।”

 लिङ्देनको भनाइ:

आजको प्रदर्शनमा भएको हस्तक्षेपको भत्सर्ना गर्दै प्रहरी दमनमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। 

पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य माननीय दिपक सिंह लगायत आज पक्राउ परेका सबै नेता कार्यकर्ताहरू रिहा हुनुभएको छ। 

सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको  प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु।

आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भए पश्चात हाम्रो सक्रिय सहभागिता रहनेछ।

 

प्रकाशित : २० जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह