Logo

अर्थनीति

शेखरको दबाबमा कृषिमन्त्रीले बरियता मिचेः ४७ सिनियरलाई पन्छाउँदै नार्कमा तिम्सिना नियुक्त


gdpnepal
   १७ जेष्ठ २०८२, शुक्रबार


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. कृष्णप्रसाद तिम्सिना नियुक्त भएका छन् ।

तिम्सिनालाई नार्कको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले जेठ १२ मा गरेको हो ।

कृषि अर्थशास्त्र विषयमा विशेषज्ञ रहेका तिम्सिनाले पदभार ग्रहणसमेत गरिसकेका छन् । यद्यपि, उनको नियुक्ति भने विवादित बनेको छ ।

नार्कमा आफूभन्दा सिनियर ४७ कृषि वैज्ञानिक रहे पनि उनी बरियता मिच्दै नियुक्त भएका हुन् ।

तिम्सिना कांग्रेस नेता शेखर कोइरालाको सिफारिसमा नार्कमा ईडी भएको भन्दै आलोचना भइरहेको छ ।

कृषिमन्त्री रामनाथ अधिकारी कोइरालाको कोटाबाट मन्त्री भएका हुन् । उनलाई शेखरले तिम्सिनालाई नार्कको ईडीमा नियुक्त गर्न दबाब दिएका थिए ।

सादगी नेता भनेर चिनिएका कृषिमन्त्री अधिकारीले कोइरालाको दबाबमा नार्कमा स्थापित मूल्य मान्यता र परम्परा भत्काउँदै वरिष्ठ वैज्ञानिकहरुलाई अपमानित महशुस हुने स्थितिमा पुर्याएका छन् ।

कृषि वैज्ञानिकहरुको तहगत व्यवस्थाअनुसार कार्यकारी निर्देशक तिम्सिना एच फोर तहका हुन् । तर, नार्कमा उनीभन्दा सिनियर कृषि वैज्ञानिकमा एच फाइभ र एच सिक्स तहमा गरी कूल ४७ जना रहेका छन् ।

एच वान्देखि एच सिक्ससम्मले कृषि वैज्ञानिकको तहलाई जनाउँछ । जसमा अनुसन्धानकर्ताको अनुभव, जिम्मेवारी र पदको वरिष्ठताका आधारमा तह निर्धारण गरिन्छ ।

यी तहहरू नेपालका अनुसन्धान निकायहरू नार्क र नाष्टमामा प्रयोग हुने पद संरचनाभित्र पर्छन् ।
आफूभन्दा जुनियरलाई कार्यकारी निर्देशक बनाइएपछि तिम्सिनाको पदभार ग्रहण कार्यक्रममा सिनियर वैज्ञानिकहरु सभागी नै भएनन् ।

नार्कमा जुनियरलाई कार्यकारी निर्देशक बनाइएपछि दातृ निकायमा गर्ने डिलमा समेत असर पर्ने जानकारहरु बताउँछन् ।

डा. तिम्सिनासँग कृषि अनुसन्धान क्षेत्रमा १५ वर्षको अनुभव रहेको नार्कको दावी छ । नियुक्तिअघि उनी नार्क अन्तर्गत राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्रका प्रमुखका रूपमा कार्यरत थिए ।

 

प्रकाशित : १७ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह