Logo

Banner-news

नेपालबाट अफ्रिकी मुलुक हुँदै युरोप र अमेरिकामा मानव तस्करी !


appharu
   १७ पुस २०७५, मंगलबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालबाट अफ्रिकी मुलुक हुँदै युरोप र अमेरिकामा मानव तस्करी हुने गरेको भन्दै यसलाई रोक्न आग्रह गरेको छ ।

युगाण्डाको राजधानी कम्पालामा हालै सम्पन्न संघको तेस्रो क्षेत्रीय बैठकले मानव तस्करी रोक्न आग्रह गरेको हो । संघद्वारा जारी १२ बुँदे कम्पाला घोषणापत्रमा युरोप र अमेरिका जाने प्रलोभनमा अफ्रिकी मुलुकमा आएका त्यस्ता नेपालीले अनेक दुःखकष्ट भोग्नु परेको जनाएको छ ।

संघले मानव तस्करी रोक्न तत्काल रोक्नका लागि कडाई गर्दै सचेतना कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

यस्तै, वैधानिक रुपमा अफ्रिकी मुलुक आउने नेपालीहरुलाई समेत नेपाल र भारतका बिमानस्थलमा त्याँहाका कर्मचारीले अनाबश्यक दुःख दिने गरेको भन्दै चिन्ता जनाइएको छ । बैधानिक रुपमा आउनेहरुलाई यसरी अनाबश्यक दुःख दिने काम तत्काल बन्द गरी आवतजावत सहज बनाउन सरकारसँग संघले आग्रह गरेको छ ।

बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी मुलुकमा कार्यरत १५० जनाभन्दा बढी नेपालीको सहभागिता रहेको थियो ।
घोषणापत्रमा. नेपालको पर्यटन, पूर्बाधार लगायतका क्षेत्रको विकासमा अफ्रिकी मुलुकको अनुभवबाट सिक्न सकिने भएकोले नेपाल र अफ्रिकाबीचको सहकार्यका लागि पहल गरिदिन नेपाल सरकार र एनआरएनए अन्तर्राष्ट्रय समन्वय परिषद्लाई आग्रह गरिएको छ ।

हाल इजिप्ट र दक्षिण अफ्रिकामा मात्र नेपाली दूतावास रहेकाले पूर्वी र पश्चिम अफ्रिकी मुलुकमा दूतावास खोल्न माग गरिएको छ ।

प्रकाशित : १७ पुस २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह