Logo

कर्पोरेट-बजार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै १ लाख ७ हजार नजिक


GDP नेपाल
   १२ माघ २०७९, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेर एक लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ ।

महासंघक अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह