मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.४० अंकले घटेर दुई हजार १०५.४६ विन्दुमा पुगेको छ ।
आज जलविद्युत् २४, निर्जीवन बीमा ४९, ब्यापार ११, फाइनान्स ११, विकास बैंक ३६, बैंकिङ १०, होटल तथा पर्यटन २६, माइक्रोफाइनान्स ४६, जीवन बीमा उपसमूह ८५ र अन्य उपसमूह ९ अंकले घटेको छ । यस्तै, उत्पादन उपसमूह १६ अंकले बढेको छ ।
आज बाराही हाइड्रोपावरको सेयर सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि युनिलिभर नेपालको सेयर सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ ।
यसदिन २५५ कम्पनीका ४६ लाख ८५ हजार कित्ता सेयर १ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ७ करोड ७८ लाख र ङादी ग्रुप पावरको ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया