Logo

सेयर बजार

साढे ३३ अंकले बढ्यो सेयर बजार, एक अर्ब ८० करोडको कारोबार


GDP नेपाल
   १० फाल्गुन २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८०.३८ विन्दुमा पुगेको छ ।

बैंकिङ १६, विकास बैंक ८०, फाइनान्स ४८, होटल तथा पर्यटन ९४, जलविद्युत् ९६, जीवन बीमा १९६, उत्पादन ७१, निर्जीवन बीमा १८०, अन्य २८ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स ६० र ब्यापार उपसमूह ह०.०८ अंकले घटेको छ ।

आज लिवर्टी इनर्जि कम्पनी र छ्याङदी हाइड्रोपावरको सेयर साढे ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यस्तै, दोर्दी खोला जलविद्युतको सेयर ९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

यस दिन २६९ कम्पनीको ४७ लाख कित्ता सेयर एक अर्ब ८० करोडमा कारोबार भएको छ ।

प्रकाशित : १० फाल्गुन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह