Logo

Banner-news

फेरि बढ्दै चिनीको मूल्य, बजारभाउ १ सय रुपैयाँ पुग्ने !


appharu
   ३० पुस २०७५, सोमबार


काठमाडौं । चिनी उद्योगीहरुले लागत बढेको भन्दै मूल्य बढाउने घोषणा गरेका छन् । उनीहरुले उखुको मूल्य बढाइएको भन्दै चिनीको मूल्य बढाउनुपर्ने भन्दै सरकारसमक्ष प्रस्ताव गरेका छन् ।

उत्पादन लागत बढेको भन्दै उद्योगीले प्रतिकेजी चिनीमा ५ देखि ८ रुपैयाँसम्म मूल्यवृद्धि गर्ने घोषणा गरेका हुन् ।

नेपाल चिनी उद्योग संघले चिनीको कारखाना मूल्य ७८ रुपैयाँ १० पैसा हुनेगरी त्यसको हिसाब सरकारी निकायमा बुझाएको छ । यो मूल्य कायम गर्न सरकारले स्वीकृति दिए चिनीको प्रतिकिलो बजार मूल्य १ सय रुपैयाँसम्म पुग्ने देखिन्छ ।

उखुको समर्थन मूल्य र लागत खर्च बढेको देखाउँदै उद्योगीले चिनीमा अस्वाभाविक मूल्यवृद्धि प्रस्ताव गरेका हुन् ।

चालू वर्षमा पनि चिनी आयातमा प्रतिबन्ध लगाउँदा अस्वाभाविक रूपमा मूल्य बढेको थियो । चाडबाडका बेलामा यस्तो निर्णय गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

सरकारले उखुको समर्थन मूल्यमा प्रतिक्विन्टलमा ५ रुपैयाँ वृद्धि गरेर ५३६ रुपैयाँ कायम गरेको भन्दै उद्योगीले पुरानो मौज्दात चिनीमा मूल्य बढाएर कालोबजारी गरेका छन् ।

दसैंको बेला ७० रुपैयाँभन्दा बिक्री गर्न नपाउने निर्णय गरेको सरकारले अहिले आएर उद्योगीले मूल्य बढाउन प्रस्ताव गर्दा भने मौन देखिन्छ । व्यापारीले गत वर्ष सस्तो मूल्यमा चिनी आयात गरेकाले स्वदेशी चिनी बिक्री हुन सकेको थिएन ।

सरकार र उद्योगीको मिलेमतोमा चिनीमा मूल्यवृद्धि गरिएको भन्दै उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन् ।

मुलुकमा वार्षिक २ लाख ५० हजार देखि ८० हजार मेट्रिक टन चिनी खपत हुने गर्छ । जसमध्ये १ लाख २० हजार मेट्रिक उत्पादन हुने गर्छ ।

प्रकाशित : ३० पुस २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह