Logo

Banner-news

अख्तियारलाई सुरुमै झट्का, २ अर्बको मुद्दामा विक्रम पाण्डे ४ करोड धरौटीमै रिहा !


appharu
   २ माघ २०७५, बुधबार


काठमाडौं । पूर्वमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लागिरहेका बेला विशेष अदालतले न्यून धरौटीमा उनलाई रिहा गरेको छ ।

विशेष अदालतले पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सन प्रमुख पाण्डेलाई बुधबार ४ करोड धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको हो ।

जबकि पाण्डेविरुद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० भ्रष्टाचार गरेको अभियोगमा आयोगले पाण्डेसँग सोहि रकम बराबर विगोसहित दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।


विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले आज पाण्डेलाई सो रकम धरौटी बुझाएर रिहा गर्ने आदेश जारी गरेको हो ।

विशेष अदालतका रजिष्ट्रार भीमकुमार श्रेष्ठका अनुसार पाण्डेलाई अदालतले आज हाजिर हुन भनिएअनुसार पाण्डे हाजिर भएर बहसपछि ग्लोबल बैंकको बैंक ग्यारेन्टी राखेपछि धरौटीमा रिहा भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिर २१ गते पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । पाण्डेसहित २१ जनालाई सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो ।

सो कन्स्ट्रक्सनको प्रमुख पाण्डेसहित तत्कालीन आयोजना प्रमुख सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेत, मीनराज ढकाल, सूर्यदेव थापा, यागेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धाँमी र प्रकाशबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित : २ माघ २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह