सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से २२.६५ अंकले बढेर एक हजार ९४९.०६ विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ६२, फाइनान्स २६, जीवन बीमा ९४, उत्पादन ३६, माइक्रोफाइनान्स १५, अन्य २८, होटल तथा पर्यटन ६१, जलविद्युत् ५६, निर्जीवन बीमा ८३ र ब्यापार उपसमूह ९८ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सर्पोट माइक्रोफाइनान्सको सेयर ५ प्रतिशतले घटेको छ ।
यसदिन २५८ कम्पनीको ५२ लाख ५५ हजार कित्ता सेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया