Logo

Banner-news

भारतीय रुपैयाँमाथि अन्ततः प्रतिबन्ध, भ्रमण वर्ष नै प्रभावित हुने चिन्ता


appharu
   ६ माघ २०७५, आइतबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्ततः भारतीय रुपैयाँ प्रयोगमा प्रतिबन्ध लगाएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै केन्द्रीय बैंकले यस्तो नीति लागू गरेको हो ।

नयाँ नीतिअनुसार अब भारतमा बाहेक अन्य मुलुकमा भारतीय मुद्रा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन पनि प्रतिबन्ध लागेको छ ।

तर, यो निर्णयले नेपाली पर्यटन व्यवसाय भने निकै नै धरासायी हुने देखिन्छ । नेपालमा वार्षिक २ लाख भारतीय पर्यटक हवाई माध्यम हुँदै तथा त्यसको ४ गुणा बढी स्थलमार्गबाट आउने गरेका छन् ।

भारतीयहरुले नेपालमा प्रवेशाज्ञा नचाहिने तथा भारु चल्ने भएकैले नेपाल भ्रमणलाई सहज मान्ने गरे पनि केन्द्रीय बैंकको निर्णयले पर्यटन व्यवसायमा समस्या आउने देखिएको छ ।

नेपाल भ्रमण वर्ष २०२०सुरु हुनु ठिक एक वर्षअघि गरिएको यस्तो निर्णयले पर्यटन वर्षमा २० लाख पर्यटक ल्याउने योजना नै बिफल हुने पर्यटन व्यवसायीहरु बताउँछन् ।

यता राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुंगानाका अनुसार नेपाली नागरिकले भारतमा जाँदा मात्रै भारतीय मुद्रा प्रयोग गर्न सक्नेछन् ।

त्यसमा पनि भारु १०० र सोभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्थाबमोजिम ल्याउन लैजान वा सटही गर्ने सकिने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले सीमा क्षेत्रका नेपालीसमेत प्रभावित हुनेछन् ।

प्रकाशित : ६ माघ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह