Logo

Banner-news

अन्ततः वाइडबडीको किस्ता सरकारले नै तिर्ने


appharu
   ८ माघ २०७५, मंगलबार


काठमाडौं । वित्तीय संकटका कारण झन्डै टाट पल्टन लागेको राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमले ठूला जहाज (वाइडबडी) खरिद गर्दा लिएको ऋणको किस्ता अन्ततः सरकारले नै तिरिदिने भएको छ ।

निगमका लागि सरकार नै जमानी बसेर ऋण लिइएको थियो । तर, वाइडबडीले गन्तव्य नपाउँदा थन्किएर बसेका छन् भने सोही कारण ऋणको किस्ता तिर्न समेत नसक्ने अवस्था सिर्जना भएपछि सरकारले तिर्न लागेको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट एयरबस ३३०–२०० सिरिजका दुईथान वाइडबडी जहाज खरिदका लागि झन्डै २४ अर्ब रुपैयाँ ऋण लिएको छ ।

सरकारले जम्मा तीन किस्तामात्र तिरिदिने भएको हो । सरकारले तत्कालका लागि अनुदान नभइ ऋणको रूपमा उक्त किस्ता तिरिदिन लागेको हो । जसमा ४० करोड २३ लाख रुपैयाँका दरले तीन किस्तासम्म सरकारले नै बेहोर्न लागेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत केही किस्ता तिर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । सरकारले तीन किस्ताबापत १ अर्ब २० करोड रुपैयाँ बेहोर्नेगरी सहमति भएको जनाइएको छ ।

प्रकाशित : ८ माघ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह