सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकले ८९ हजार ३५३ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।
बैंकले संस्थापक सेयरधनी रजनी प्रधानको नाममा रहेको ७० हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्री खुला गरेको हो ।
यो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ । यस अवधिमा कुनै पनि आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया