Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, नेप्से २३ अंकले बढ्यो


GDP नेपाल
   ३ जेष्ठ २०८०, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २३.३९ अंकले बढेर एक हजार ८४५.०१ विन्दुमा पुगेको छ । 

बैंकिङ ८, विकास बैंक ५४, फाइनान्स ३४, होटल तथा पर्यटन २०, जलविद्युत् ४९, जीवन बीमा ९३, उत्पादन ३७, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा १७१, अन्य ३० र व्यापार उपसमूह १४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको सेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज माईखोला जलविद्युत् कम्पनीको सेयर झण्डै ८ प्रतिशतले घटेको छ ।

यस दिन २६६ कम्पनीको २५ लाख ७७ हजार कित्ता सेयर ८५ करोड ७६ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह