Logo

मुख्य समाचार

पाँचौं दिन पनि बढ्यो नेप्से, १ अर्ब २७ करोडको कारोबार


GDP Nepal
   ८ जेष्ठ २०८०, सोमबार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको मापन गर्ने नेप्से परिसूचक लगातार पाँचौ दिन पनि बढेको छ । लामो समयदेखि बियरिस प्रवृत्तिमा रहेको सेयर बजार यसपटक भने पाचौं दिनमा पनि बढेर बन्द भएको छ ।

नेप्से गत साताको मंगलबारदेखि उकालो लागेको हो । सोमबारको कारोबारमा नेप्से परिसूचक ८.१० अंक बढेर १८९१.३१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.५४ अंक बढेको छ र फ्लोट इण्डेक्स ०.५३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ ।

सोमबार १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको हो । अघिल्लो दिन १ अर्ब ६० करोडको शेयर कारोबार भएको थियो ।

सोमबारको कारोबारमा आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य ११२ रुपैयाँ ९० पैसा बढेर १ हजार २४२ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ ।

युनिलिभर नेपालको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने गुडविल फाइनान्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.३७ प्रतिशत घटेको छ । अन्य स्टकको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन सोल्टी होटलको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित : ८ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह