बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १६.४९ अंकले बढेर एक हजार ९५९.१२ विन्दुमा पुगेको छ ।
आज आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि अजोड इन्सुरेन्सको सेयर साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
यस दिन २७० कम्पनीको ४८ लाख ६५ हजार कित्ता सेयर एक अर्ब ८७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भयो ।
प्रतिक्रिया