Logo

मुख्य समाचार

थप ११ ब्रोकर कम्पनीले पाए सञ्चालन अनुमति


GDP नेपाल
   २३ जेष्ठ २०८०, मंगलबार


नेपाल धितोपत्र बोर्डले थप ११ वटा नयाँ ब्रोकर कम्पनीलाई सञ्चालन अनुमति दिएको छ ।

सोमबार नयाँ लाइसेन्स पाउने ब्रोकरहरुमा एलिट स्टक हाउस लि, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेघा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्र्रे सेक्युरिटिज, केविएल सेक्यूरिटिज, कलश स्टक मार्केट र नबिल सेक्युरिटिज रहेका छन् ।

बोर्डले यस अघिनै पहिलो चरणमा ७ वटा ब्रोकरलाई सञ्चालन अनुमति प्रदान गरेको थियो । यो सँगै १८ नयाँ ब्रोकर कम्पनीले सञ्चालन अनुमति पाइसकेका छन् ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह