एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । सभा असार १६ गते, सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालनको निर्वाचन गर्नेछ ।
यसका साथै, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।
त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनको लागि असार ४ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया