Logo

मुख्य समाचार

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण


GDP नेपाल
   २४ जेष्ठ २०८०, बुधबार


विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । दक्षिण एसियाली मुलुकको आर्थिक स्थिति सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।

विश्व बैंकको यो प्रक्षेपन नेपाल सरकारले गरेको भन्दा दोब्बर हो । सरकारले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

यस्तै, नेपालको आगामी आर्थिक वर्ष २०२३-२४ मा ४.९ प्रतिशत र आर्थिक वर्ष २०२४-२५ मा ५.५ प्रतिशत आर्थिक वृद्धिदर रहने विश्व बैंकको प्रक्षेपण छ ।

विश्व बैंकका अनुसार चीनको कमजोर आर्थिक वृद्धिदर र रुस–युक्रेन युद्धको असर दक्षिण एसियाली मुलुकमा परेको छ । यस्तै, कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र बचाउनभन्दै नियामकले लिएको कडाइ नीतिले समेत आर्थिक वृद्धिदर प्रभावित बन्ने र अर्थतन्त्र समेत प्रभावित बनेको विश्व बैंकले बताएको छ । यसका साथै, बङ्गलादेशको ऊर्जा संकट र पाकिस्तानमा आएको भीषण बाढीले समेत दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रमा समस्या आइपरेको विश्व बैंकले बताएको छ ।

 

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह