Logo

अर्थनीति

केपी ओलीलाई अर्थमन्त्रीको जवाफः आलुप्याज जस्तो पारी गएर गाडी किनेर ल्याउन सकिँदैन !


GDP Nepal
   २९ जेष्ठ २०८०, सोमबार



१३०० मध्ये ९० प्रतिशत गाडीको एलसी चैतमै खुलेको हो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरीद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भन्सार दरको सूचना चुहाएर रातारात गाडी भित्र्याएको भन्दै सरकारको आलोचना गरेपछि जवाफमा अर्थमन्त्रीले त्यो सम्भव नभएको दावी गरे । े

अहिले आयात भएका १ हजार ३०० गाडीमध्ये ९० प्रतिशत गाडीको प्रतितपत्र (एलसी) गत चैतमै खुलेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले विद्युतीय गाडीमा करको सूचना चुहावट भएकाले बजेट अघि धेरै गाडी आयात भए भन्नुको कुनै अर्थ नभएको बताए।

“करको दर परिवर्तन गर्ने प्रस्ताव सम्बन्धी छलफल बजेट आउने अघिल्लो दिन राति मात्र हुने र उक्त समयमा भन्सार बन्द हुने गरेको छ,” महतले भने, “हरेक बर्ष बजेट भाषण अगाडि भन्सारबाट धेरै सामान आयात हुन्छ। तथ्यांकले नै यो पुष्टि गर्छ। राजस्व तिर्ने क्षमता भए नाकामा रोकिएका सामान पनि यही समयमा भित्रिने गरेको छ।”

प्रकाशित : २९ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह