Logo

बैंक / बिमा /शेयर

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुला


GDP नेपाल
   १ असार २०८०, शुक्रबार


आइएमई लाइफ इन्स्योरेन्सले आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले असार २० देखि २४ गतेसम्म सर्वसाधारणका लागि ९६ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : १ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह