Logo

मुख्य समाचार

अर्थमन्त्रीद्वारा राजस्व कार्यालयको निरीक्षण, जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन


GDP नेपाल
   ४ असार २०८०, सोमबार


अर्थमन्त्री डा. प्रकाश शरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै मन्त्री महतले सो निर्देशन दिएका हुन् ।

‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’ उनले भने ।

यस्तै, बजेटले करका दायरा फराकिलो बनाएको र यसमा कर्मचारीले सेवाग्राहीलाई राम्रोसँग बुझाउनु पर्ने बताउँदै उनले भने ‘तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ’ मन्त्री डा. महतले भने, ‘आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।’

प्रकाशित : ४ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह