Logo

बैंक / बिमा /शेयर

थ्रीस्टार हाइड्रोपावरकाे आइपीओ बिक्री खुला


GDP नेपाल
   ५ असार २०८०, मंगलबार


थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।

यसमध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन भइसहेको छ ।

कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको छ भने बाँकी ६ लाख १३ हजार १६२ कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यसमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असार १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह