Logo

अर्थनीति

चुडामणि शर्मासहित महत र ढकाललाई ९ वर्ष जेल सजाय, ६ अर्ब १५ करोड बिगो भराउने फैसला


GDP Nepal
   ५ असार २०८०, मंगलबार


काठमाडौं । विशेष अदालतले कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष तथा सदस्यहरुविरुद्ध सजाय सुनाएको छ । अघिल्लो साता दोषी ठहर भएका उनीहरुलाई ९ वर्ष जेल सजाय, ६ अर्ब १५ करोड बिगो भराउने फैसला सुनाइएको हो ।

आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई सजाय निर्धारण गरेको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै उक्त बिगो तीनै जना प्रतिवादीसँग दामासाही रुपमा भराउने फैसला सुनाएको हो । विशेषले उनीहरुसँग कूल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ बिगो भराउने ठहर गरेको छ।

अध्यक्ष महतबाट २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना गर्ने फैसलामा उल्लेख छ। त्यस्तै उनलाई ९ वर्ष १ महिना कैद तोकिएको छ।

सदस्य ढकालबाट २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना र ९ वर्ष हुने फैसला अदालतले सुनाएको छ।

विशेषले चुडामणि शर्मालाई २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोब्बर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना र ९ वर्ष कैद हुने फैसला सुनाएको छ।

विशेष अदालतले जेठ १८ गते उनीहरुलाई दोषी ठहर गरेको थियो। विशेषले शर्मालाई अकुत सम्पत्तिसम्बन्धी मुद्दामा सफाइ दिएको थियो भने कर फर्स्योटमा दोषी ठहर गरेको थियो।

यसअघि जेठ २५ गते पनि पेसी रहेको थियो। उक्त दिन प्रतिवेदन मगाउने आदेश गरेपछि सजाय निर्धारण हुन सकेको थिएन। अदालतले विज्ञहरुसँग प्रतिवेदन मगाउने आदेश गरेका थियो। अख्तियारले २०७४ साउन १, २०७४ माघ १५ र २०७८ असार ९ गते गरी उनीहरुविरुद्ध तीन वटा मुद्दा दायर भएको थियो।

प्रकाशित : ५ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह