Logo

अर्थनीति

वीरगन्ज महानगरपालिकाले ल्यायो ३ अर्ब २१ करोडको बजेट


GDP नेपाल
   ६ असार २०८०, बुधबार


वीरगन्ज महानगरपालिकाले आर्थिक २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले नगरसभाको १३ औं अधिवेशनमा ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

कुल बजेटमध्ये चालु तर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार रुपैयाँ बिनियोजन गरिएको छ । जुन कुल बजेटको ७७ प्रतिशत हो । पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको २२ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।

यस्तै, शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड, विकेन्द्रित स्वास्थ्य सेवाको लागि ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेक्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यत्रमका लागि ४ करोड ७५ लाख र खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै लामखुट्टेको लार्भा नियन्त्रण र नष्ट गर्ने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २१ करोड १२ लाख रुपैयाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार रुपैयाँ, राजश्व बाँडफाडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।

प्रकाशित : ६ असार २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह