Logo

बैंक / बिमा /शेयर

रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


GDP नेपाल
   ७ असार २०८०, बिहिबार


राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ तान्ने भएको छ । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न लागेको हो ।

बैंकका अनुसार आज बिहीबार १० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो । बैंकले जारी गरेको ७ दिने अवधिको यस रिभर्स रिपो असार १४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह