Logo

अर्थनीति

जेठमा मात्र १ खर्ब ३३ अर्ब व्यापारघाटा, प्रतिदिन ४ अर्ब १५ करोड !


GDP Nepal
   ७ असार २०८०, बिहिबार


काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो अन्तिम महिना जेठमा मात्र १ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको छ ।

नेपालले जेठ महिनामा १ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँको वस्तु आायात गरेको छ । जेठ महिनामा निर्यात भने १२ अर्ब ६८ करोडमा सीमित छ ।

यसरी एकै महिना १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ व्यापारघाटा हुँदा प्रतिदिन ४ अर्ब १५ करोड व्यापारघाटा भएको छ ।

यअसघि वैशाख महिनामा एक खर्ब ३३ अर्ब रुपैयाँको आयात भएको थियो भने १२ अर्ब ६२ करोडको निर्यात भएको थियो ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार जेठसम्म मुलुकले वैदेशिक व्यापारमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

एघारौं महिना अर्थात जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको आयात गरेको नेपालले यस अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ ।

विभागका अनुसार अघिल्लो वर्षको जेठको तुलनामा आयात १६.०१ प्रतिशतले घटेको छ भने निर्यातमा २२.७४ प्रतिशतले कमी आएको छ ।

प्रकाशित : ७ असार २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह