Logo

मुख्य समाचार

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट


GDP नेपाल
   १० असार २०८०, आइतबार


काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार बसेको १३ औँ नगरसभामा उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रैपयाँ विनियोजन भएको बताएकी हुन् ।

चालु आर्थिक वर्षको तुलनामा यो बजेट १३ करोडले धेरै हो। त्यसै, गरी चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको छ।

महानगरले आगामी वर्ष केन्द्र र प्रदेशबाट सशर्त अनुदान बापत १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ, निशर्त अनुदानतर्फ ७९ करोड ३६ लाख रुपैयाँ, आन्तरिक आय ६ अर्ब ३९ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

त्यसैगरी बैंक मौज्दात बापत ११ अर्ब ७५ करोड रुपैयाँ,राजश्व बाडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा भत्ताबापत २ अर्ब ९९ करोड सहित २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ।

प्रकाशित : १० असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह