Logo

बैंक / बिमा /शेयर

बैंक तथा वित्तीय संस्थाले स्तरअनुसार महानगरपालिकालाई थप कर तिर्नुपर्ने


GDP Nepal
   १० असार २०८०, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले बैंक तथा वित्तीय संस्थासँग शाखा संख्याका आधारमा अतिरिक्त कर निर्धारण गरेको छ । आइतबार सार्वजनिक करका नयाँ दरअनुसार महागरले बैंक तथा वित्तीय संस्थाहरुका लागि कर थप गरेको हो।

महानगरपालिकाका अनुसार वाणिज्य बैंकको केन्द्रीय कार्यालयले रु १ लाख, प्रतिशाखा रु ५० हजार, विस्तारित काउण्टरले रु २० हजार कर तिर्नुपर्नेछ ।

यस्तै, विकास बैंक केन्द्रीय कार्यालयले रु ७५ हजार, शाखा कार्यालयका लागि प्रतिशाखा रु ४० हजार, विस्तारित काउन्टर रु १५ हजार कर तिर्नुपर्नेछ ।

फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयले रु ५० हजार, शाखा कार्यालयले प्रतिशाखा रु २५ हजार कर तिर्नुपर्ने जनाइएको छ ।

लघुवित्तको केन्द्रीय कार्यालयले रु २० हजार, शाखाले रु ३ हजार कर तिर्नुपर्ने करको दरमा उल्लेख छ ।

प्रकाशित : १० असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह