ललिता निवास जग्गा प्रकरणमा जोडिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा सरकारी कागजात कीर्ते लगायत कसुरमा गुरुङको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
आयोगले गुरुङ सहित १७५ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा २०७६ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।










प्रतिक्रिया