Logo

मुख्य समाचार

ललिता निवास जग्गा प्रकरण: सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने


GDP नेपाल
   १३ असार २०८०, बुधबार


ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हदम्याद नलाग्ने बताएको छ ।

सीआईबीले बुधबार पत्रकार सम्मेलन गर्दै मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने बताएको छ ।

मुलुकी ऐन २०२० मा सरकारी लिखत कीर्तेमा हद म्यादको व्यवस्था नभएको र त्यसअनुसार नै मुद्दा चलाउन लागिएको एआईजी किरण बज्राचार्यले बताइन् ।

यसै प्रकरणमा सीआईबीले मंगलबार सातजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की, तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी रहेका थिए । यीमध्ये सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी भने हिजो नै छुटेका थिए ।

 

प्रकाशित : १३ असार २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह