Logo

बिजनेस होम

गोपाल खड्का भ्रष्टाचारी ठहरः १ वर्ष ३ महिना जेलसँगै १८ करोड बिगो बुझाउनुपर्ने


GDP Nepal
   १५ असार २०८०, शुक्रबार


काठमाडौं । विशेष अदलतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

लामो समय सरकारी सेवामा रही सेवानिवृत्त भएसँगै आयल निगममा कार्यकारी निर्देशक बनेका खड्कामाथि अकुत सम्पत्ति आर्जनको मुद्दामा अदालतले दोषी ठहर गरेको हो । खड्का आयल निगमअघि निजामति सेवा अन्तर्गत काठमाडौंसहित विभिन्न सडक डिभिजन कार्यालयमा प्रमुख रहेका थिए ।

विशेषले शुक्रबार खड्कालाई १ वर्ष ३ महिना कैद र ९ करोड १९ लाख ६ हजार ६ सय बराबर बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारुको इजलासले यस्तो फैसला सुनाएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले बताए।

अदालतले खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, सेयर र अन्य सम्पत्ति जफत हुने फैसला सुनाएको छ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह