Logo

मुख्य समाचार

दक्षिण एसियामा चीनको बजार बढाउन नेपाल अपरिहार्य केन्द्रः चण्डीराज ढकाल


GDP नेपाल
   १६ असार २०८०, शनिबार


चीनका लागि नेपाल दक्षिण तथा दक्षिण एसियाली देशहरुमा व्यवासयिक सम्बन्ध विस्तारका लागि प्रमुख द्धार बन्न सक्ने औल्याइएको छ । चीनको सिचुवान प्रान्तमा आयोजित १२औ चाइना साउथ एसिया र साउथइस्ट एसिया बिजनेस लिडर्स समिटमा चीन र दक्षिण तथा दक्षिण पूर्वी एसियाको व्यवासयिक सञ्जालका लागि नेपाल हब बन्न सक्ने औल्याइएको हो । दक्षिण तथा दक्षिण पूर्वी एसियालाई चीनले आफ्नो नयाँ बजारका रुपमा विकास गर्न चाहिरहका बेला नेपालाई रणनैतिक महत्वको व्यवसायिक केन्द्रका रुपमा स्थापित गर्ने अवसर रहेको निजी क्षेत्रले औल्याएको हो ।

नेपाल, बँगलादेश, श्रीलंका, अफगानिस्थान, पाकिस्तान भारतलगायतका मुलुकका उच्च व्यवासायिक व्यक्ति तथा नीति निर्मातासमेत सहभागी सो सम्मेलनमा सार्क चेम्बर अफ कमर्श एण्ड इन्जष्ट्रिजको नेतृत्व कार्यबाहक अध्यक्षका रुपमा नेपाली उद्यमी चण्डीराज ढकालले गरेका थिए । श्रीलंकाबाट त्यहाँका उद्योगमन्त्री, साना उद्योगमन्त्री र परराष्ट्र मन्त्रालयका सचिवको उपस्थिति थियो । पाकिस्तानबाट अनररी काउन्सिल जनरल र बेजिङबाट फस्ट सेक्रेटरी सहभागी थिए । लाओसबाट त्यहाँको उद्योग तथा आर्थिक विकास मन्त्रालयबाट दुई जना अधिकारी सहभागी हुनुहुन्थ्यो । भियतनामबाट त्यहाँका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो । माल्दिब्स बाट त्यहाँका राजदुत गण्डकी प्रदेशबाट जिल्ला समन्वय समितिबाट राजकुमार थापा पनि सहभागी हुनुहुन्थो ।

सिचुवान प्रान्तका गभर्नर हुआङ् किआङ प्रमुख अथित्यमा सम्पन्न सम्मेलनमा हरेक देशले सार्क क्षेत्रलाई लगानी व्यवसाय र आर्थिक समृद्धिको प्रचुर सम्भावनाको क्षेत्रका रुपमा व्याख्या गरेका थिए । सम्मेलनमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ( बीआआई)का माध्यमबाट दक्षिण र दक्षिण एसियाली मुलुकबीच बलियो सहकार्य विस्तार गर्न आवश्यक रहेको औल्याइएको थियो । सम्मेलनमा कि नोट स्पिकरका रुपमा मा सहभागी ढकालले चीनको छिमेकमा रहेको नेपाल यसकालगि भौगोलिक हिसावले पहिलो खुड्किलो भएकाले यहाँ लगानी विस्तार गरेर अन्य क्षेत्रमा पुग्ने माध्यम बन्न सक्ने औल्याए । यसका लागि सम्बन्धित मुलुकहरुले व्यवसायीमैत्री वतावरण निर्माणमा विशेष ध्यान दिएर उपलब्ध सबै साधन स्रोतको सदुपयोगिता सृजनामा जोड दिइयो । 

“आगामी दिनमा नेपाल उद्योग वाणिज्य महासंघ र सीसीपीआईटी सँगको सहकार्यलाई अझै बलियो बनाउने र व्यवसायीका स्तरमा पनि दुईदेशीय साझेदारी तथा सहभागीताको वातावरण निर्माणमा योगदान पुगेको छ,” ढकालले भने ।

सार्क क्षेत्रमा लगानी विस्तारका लागि सो सम्मेलन उद्यामी व्यवासायीका लागि उपलब्धिपूर्ण रहेको बताउँदै ढकालले नेपाल चिनियाँ लगानीकर्ताका लागि सुरक्षित आकृषक र उच्च प्रतिफल युक्त गन्तब्य रहेकोे औल्याए । सम्मेलनको उद्घाटन सत्र उनले भने, “अव नेपालमा चिनियाँ पर्यटक आवागमन विस्तारसहित पर्यटन तथा होटल क्षेत्र, कृषि क्षेत्रको आधुनिकीकरण र खानी उद्योगमा लगानी गर्नेलगायतका अवसर चिनियाँ लगानीकर्ताका लागि नेपालमा उपलब्ध बलिया अवसर हुन् ।

पोखरा विमानस्थलमा पहिलो पटक सिचुवान प्रान्तबाट पहिलो उडान भएकोमा प्रसंशा गर्दै ढकालले चीनले जलविद्यूत तथा अन्य निर्माण क्षेत्रमा संलग्न रहँदै आएकामा अव नेपालमा लगानी गर्ने उपयुक्त समय आएका बताएका थिए । ढकालले बीआरआईले कनेन्टिभीटी विस्तार र आपसी लाभका क्षेत्रमा सहकार्य विस्तार गर्न अत्यन्तै उपयोगी हुने धारणा राखे । दक्षिण एसियाली क्षेत्र चिनियाँ लगानीकर्ताका लागि अत्यन्तै आकृर्षक, सुरक्षित र उच्च प्रतिफलयुक्त लगानी गन्तब्य रहेको धारणा पनि ढकालले राखेका थिए ।

विश्व बैंकका अनुसार दक्षिण एसियामा युवा जनशक्ति अधिक रहेको देखाएको छ । यो क्षेत्रमा युवा हिस्सा करिव ५२ प्रतिशत छ । यसलाई चीनले अवसरका रुपमा सदुपयोग गर्न सक्ने उनले सुझाएका थिए । “लगानी विस्तार गरिरहेको समयमा यो युवा शक्तिपनि चीनियाँ लगानीकर्ताका लागि बलियो आधार हुन्छ,” ढकालले भने,। “ अफगानिस्तान, लाओस, नेपाल जस्ता ल्यान्ड लक्ड मुलुकलाई ल्यान्ड लिङंक्ड बनाउन बीआइआई ले सकारात्मक योगदान गर्न सक्छ ।” चीन र दक्षिण एसियाको बीचमा नेपाल रहेकाले पनि नेपालमा लगानी विस्तार गरेर दक्षिण एसियाली बजारको लाभ चिनियाँ लगानीकर्ताले सुरक्षित गर्न सक्ने उनको भनाई थियो ।

“नेपालमा प्रचुरमात्रामा उपलब्ध प्राकृतिक तथा खनिज स्रोतको उपयोगिता सृजनामा नेपाल र चीनबीच सहकार्य हुन सक्छ भन्ने सन्देश त्यो उच्चस्तरीय व्यवसायिक सम्मेलनमा प्रवाह गरेको छु ” ढकालले भने ।

सीसीपीआईटी र सिचुवान प्रान्त सरकारले आयोजना गरेको सो सम्मेलन दक्षिण तथा दक्षिण पूर्वी एसिया लक्षित छ । सम्मेलन अवको युगका सम्भावना र त्यसलाई समृद्धिमा रुपान्तरण गर्ने विषयमा लक्षित थियो ।

प्रकाशित : १६ असार २०८०, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह