Logo

बैंक / बिमा /शेयर

थप १० नयाँ ब्रोकर कम्पनीले पाए आशयपत्र


GDP नेपाल
   १९ असार २०८०, मंगलबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप १० नयाँ ब्रोकर कम्पनीलाई आशय पत्र (एलओआई) दिएको छ। नेप्सेको सञ्चालक समितिको बैठले थप १० कम्पनीलाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको हो ।

आशय पत्र प्राप्त गर्ने थप १० कम्पनीहरूमा नबिल सेक्युरिटिज, मेगा स्टक मार्केट्स, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्यूरिटिज, शुभकामना सेक्यूरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनि वल्र्ड शेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट रहेका छन् ।

यसअघि नेप्सेले जेठ ८ गते सन सेक्यूरिटिज प्रा.लि, गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, मियो सेक्युरिटिज प्रा.लि, शेयरप्रो सेक्युरिटिज प्रा.लि र प्रोपर्टी विजार्ड लिमिटेडलाई आशयपत्र प्रदान गरेको थियो ।

प्रकाशित : १९ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह