Logo

बैंक / बिमा /शेयर

घोराही सिमेन्टको आइपीओ पुनः बिक्री खुला


GDP नेपाल
   २२ असार २०८०, शुक्रबार


घोराही सिमेन्टले आइपीओ पुनः बिक्री खुला गरेको छ ।

कम्पनीको आइपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आइपीओ बिक्री नभए असार ३१ गतेसम्म आइपीओ बिक्री खुला हुनेछ ।

कम्पनीले यसअघि आइपीओमा आवेदन दिएका लगानीकर्ताहरुले सेयर कित्ता थपघट वा आवेदन रद्द गर्नसक्ने गरि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आइपीओ जारी गरेको थियो । आइपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आइपीओ निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।

कम्पनीको रेटिङ्स र सार्वजनिक निष्कासन सम्बन्धी कैफियतको जाँचबुझका लागि घोराही सिमेन्टको आइपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको बोर्डले जानकारी गराएको थियो । तथापि, धितोपत्र बोर्डले अध्ययन गरेर घोराही सिमेन्टको आइपीओमा फर्जी आवेदन दिने आवेदनकर्तासँग आइपीओ जारी गर्ने कम्पनी, निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको सञ्चालक र कर्मचारीसँग कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो ।

घोराही सिमेन्टको आइपीओ प्रक्रिया स्थगित हुँदासम्म सर्वसाधारण लगानीकर्ताको करिब ४ अर्ब रुपैयाँ ब्लक भएको थियो । सीडीएसीको तथ्यांक अनुसार आइपीओ स्थगित भएको दिन असार ४ गते सम्ममा ५ लाख ६२ हजार १८२ जना लगानीकर्ताले २ करोड २६ लाख १८ हजार ७७० कित्ताका लागि आवेदन दिएका थिए ।

कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आइपीओ जारी गरेको हो ।जसअनुसार यस आइपीओमा करिब १० अर्ब ९९ अर्ब ८३ करोड ९१ लाख ६४ हजार रुपैयाँ० बराबरको आवेदन परेको छ । जसमध्ये १ करोड ३६ लाख १५ हजार ५ सयभन्दा बढी कित्ता अर्थात् ५ अर्ब ९२ करोड २७ लाख ७२ हजार रुपैयाँभन्दा बढीको फर्जी आवेदन परेको सीडीएसको भनाई छ । यसरी कुल परेको आवेदनबाट फर्जी घटाउँदा पनि करिब ३ अर्ब ९१ करोड ६३ लाख रुपैयाँभन्दा बढी सर्वसाधारणको पैसा ब्लक भएको देखिन्छ । तथापि, उक्त रकममा केही तलमाथि हुन सक्ने सीडीएसले जनाएको छ ।  

प्रकाशित : २२ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह