Logo

मुख्य समाचार

नेपालको उर्जा तथा यातायात क्षेत्रमा काम गर्दै आएको जापानी कम्पनी विश्व बैंकको कालो सूचीमा


GDP नेपाल
   २४ असार २०८०, आइतबार


नेपालको उर्जा  तथा यातायात क्षेत्रमा काम गर्दै आएको जापानी कम्पनी विश्व बैंकको कालोसूचीमा परेको छ । जापानको टोकियोमा मुख्य कार्यालय रहेको निप्पोन कोइ नामक उक्त कम्पनी विश्व बैंकको कालो सूचीमा परेको हो ।

जुन २२ मा विश्व बैंकको स्वीकृति बोर्डका प्यानल अध्यक्ष जुलेताको अध्यक्षतामा बसेको बैठकले सो कम्पनीलाई दुई वर्ष (२२ जुन २०२३ देखि २२ जुन २०२५) सम्मका  लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार निप्पोन कोइले विभिन्न परियोजनाहरु प्राप्त गर्न भित्रि चलेखेल गरेको पुष्टि भएसँगै कालो सूचीमा राखिएको हो । 

निप्पोन कोइ कालोसूचीमा परेसँगै नेपालको उर्जा र यातायात क्षेत्रमा काम गर्ने यो जापानी संस्थाको सहभागिता अनिश्चित बन्न पुगेको छ ।

विभिन्न सरकारी निकायहरुले विश्व बैंकको कालो सूचीलाई नेपालका परियोजनाहरुमा लागू हुन सक्ने गरी आफ्नो निर्देशिकामा उल्लेख गरेकाले सो कम्पनीको नेपाली परियोजनाहरुमा हुने सहभागिता अनिश्चित बन्न पुगेको हो । 

 

 

प्रकाशित : २४ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह