Logo

मुख्य समाचार

नेपाल आयातकर्ता संघ र अर्थमन्त्री महतबीच भेटवार्ता


GDP नेपाल
   २६ असार २०८०, मंगलबार


नेपाल आयातकर्ता संघका पदाधिकारी र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच आज भेटवार्ता भएको छ । सो भेटमा संघका पदाधिकारीले मन्त्री महतसमक्ष नयाँ स्टिकरिङ्गले बजारमा ल्याएको समस्या र त्यस सम्बन्धि सुझावहरु पेश गरेका छन् ।

संघले भन्सार विभागले आधिकारीक आयातकर्ताको दर्ता गर्ने तथा प्रमाणपत्र उपलब्ध गराउने प्रकृया सुरु गर्नुपर्ने, अन्तर्राष्ट्रिय नियमानुसार एउटा दर्ता भएको आयातकर्ताले मात्र सो ब्राण्डका सामान आयात गर्न पाउनेलगाएतका सुझावहरु पेश गरेको छ ।

यस्तै, सरकारले नक्कली उत्पादकहरुलाई बजारमा आउन नदिन र कर छलि जस्ता कार्यहरु रोक्न श्रावण १ गतेदेखि लागू गर्न लागेको स्टिकरिङ्ग प्रक्रियामा आफ्नो पूर्ण समर्थन रहेको संघले जनाएको छ । सरकारको यस कार्यले उपभोक्ताको समस्या समाधान गर्न, अनाधिकृत आयात (कर छलि गर्ने) तथा आधिकृत आयातकर्ताको पहिचान गर्न निकै महत्वपूर्ण भूमीका खेल्नेमा आफू विश्वस्त रहेको संघले बताएको छ । 

सो भेटमा मन्त्री महतले स्टिकर तथा लेबलिङ क्षेत्रमा देखिएका विभिन्न व्यवहारीक समस्यालाई मन्त्रालयले थप अध्ययन गर्ने र समाधानको पाटोतर्फ लैजाने बताए । यस्तै विशेष गरी अनधिकृत चोरी पैठारी रोक्न नै सरकारले स्टिकर तथा लेबलिङ क्षेत्रलाई अघि सारेको बताउँदै यसका लागि उद्योगि व्यवसायीले समेत सरकारलाई पूर्ण समर्थन गर्नुपर्ने मन्त्री महतले जनाए । 

आज भएको सो भेटवार्तामा नेपाल आयातकर्ता संघका सभापति बल्लवराज सिग्देल, उप सभापति सत्रुधनप्रसाद ढकाल, प्रथम सचिव राजीव साह, सचिव निखिल अग्रवाल, सल्लाहकार पवन अग्रवाल र सदस्यहरु राहुल अग्रवाल, शिवकुमार अग्रवाल, वरुन लोहीया, बिकेश साह, अभिषेक कुमार र कुमार खतिवडाको उपस्थिति रहेको थियो ।

 

jpg pdf_page-0001.jpg

jpg pdf_page-0002.jpg

प्रकाशित : २६ असार २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह