कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।
गोलाप्रथामार्फत भएको बाँडफाँटमा १० हजार ११५ जनाले सेयर पाएका छन् । जसमध्ये १ जनालाई थप १ कित्ता सेयर परेको छ । आइपीओमा कुल १० लाख ४८ हजार ४६८ जनाले आवेदन दिएका थिए । जसमा १ हजार १६३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
कम्पनीले असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १ लाख १ हजार १५१ कित्ता आइपीओ बिक्री गरेको हो । कुल १ लाख २१ हजार ८६८ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँट भइसकेको थियो । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।
आइपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटल, कुथेली बुखरी स्मल हाइड्रोपावरको वेबसाइट, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।
प्रतिक्रिया