Logo

अर्थनीति

काठमाडौं महानगरका व्यवसायीलाई बम्परः सम्पत्ति, बहाल र व्यवसाय करमा छुटैछुट !


GDP Nepal
   ११ श्रावण २०८०, बिहिबार


काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका व्यवसायीले चालू आर्थिक वर्षमा करमा बम्पर छुट पाउने भएका छन् । व्यवसायीले सम्पत्ति कर, बहाल कर र व्यवसाय करमा उल्लेख्य छुट पाउने भएका हुन् ।

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐनले महानगरपालिकालाई तिर्न बुझाउनपर्ने सम्पत्ति कर, बहाल कर र व्यवसाय करमा छुट सुविधा प्रदान गरेको छ । यसको कार्यान्वनयका निमित्त महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरेको छ ।

महानगर राजस्व विभागले यो सुविधाका लागि तोकिएको समयावधिभित्र आफ्नो वडा कार्यालयमा उल्लेखित कर दाखिला गरी छुट सुविधाको लाभ लिन सम्बन्धित करदाताहरूलाई आग्रह गरेको छ ।

यस्तो छ छुट सुविधाः
(१) सालबसाली नियमित कर दाखिला गर्ने सम्पत्ति व्यवसाय बहाल कर दाताहरूका हकमा २०८० पौष मसान्तसम्म कर रकम दाखिला गरेमा चालू आर्थिक वर्षको कर रकमको १० प्रतिशत रकम छुट हुने ।

(२) महानगर क्षेत्रभित्र सञ्चालित होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिई होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन भएको कर दाताको हकमा बक्यौता सहितको सम्पत्ति कर संवत् २०८० पौष मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट हुने ।

(३) व्यावसायिक रूपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने ।
(४) एक बड़ा एक नमुना उद्यम कार्यक्रम अन्तर्गत सञ्चालित उद्योग वा व्यवसायहरूको दर्ता भएको तीन वर्षसम्म निजले तिर्न बुझाउनुपर्ने व्यवसाय कर र दर्ता शुल्कको ९५ प्रतिशत छुट हुने ।

(५) चालू आर्थिक वर्षसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपाङ्गता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी संस्थाहरूले २०८० पौष मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने कर दाताहरूका हकमा कर रकमको २५प्रतिशत छुट हुने । तर, क्रम सङ्ख्या ५ मा उल्लेख भएका कर दातामध्ये काठमाडौं महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्ति (नागरिकता वा मतदाता परिचय पत्र वा बसाइँ सराइ प्रमाणपत्र भएका) लाई करमा ५०प्रतिशत छुट हुने ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह